दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्कालाई सात दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

न्यायाधीश शिवप्रसाद पराजुलीको इजलासले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि उनलाई सात दिन हिरासतमा राख्न अनुमति दिएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खड्कालाई आइतबार बिहान पक्राउ गरेको थियो।

सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि खड्कालाई नियन्त्रणमा लिइएको हो।

प्रतिक्रिया

ताजा समाचार