ओली-लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन पोखरेल र रेग्मीको इजलासमा

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुने भएको छ। उक्त निवेदन न्यायाधीश मेघराज पोखरेल र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको हो।

ओलीका तर्फबाट उनकी श्रीमती राधिका शाक्यले बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएकी हुन् भने लेखकका तर्फबाट उनकी श्रीमती यशोदा लेखकले निवेदन दिएकी छन्।

भदौ २३ को घटनामा दमन गरेको आरोपमा जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिसअनुसार ओली र लेखकलाई पक्राउ गरिएको हो।

यसअघि आइतबार काठमाडौं जिल्ला अदालतले उनीहरू दुवैलाई अनुसन्धानका लागि पाँच दिनसम्म थुनामा राख्न अनुमति दिएको थियो।

प्रतिक्रिया

ताजा समाचार