
काठमाडौं । पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्का अस्पताल भर्ना भएका छन्। पक्राउपछि अनुसन्धान प्रक्रियामा रहेका उनलाई आइतबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको हो।
प्रहरीले उनलाई आइतबार नै नियन्त्रणमा लिएको थियो। सोही दिन अदालतले उनलाई सात दिनसम्म थुनामा राखी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो। तर स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको स्रोतले जनाएको छ।
अस्पताल स्रोतका अनुसार खड्कालाई आज बिहान करिब ३ बजे अस्पताल पुर्याइएको हो। हाल उनलाई अस्पतालको १०२९ नम्बर बेडमा राखिएको छ।
पूर्वमन्त्री खड्कालाई जेनजी आन्दोलनका क्रममा भदौ २४ गते उनको निवासमा भेटिएको भनिएको रकमसँग सम्बन्धित विषयमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। गृहमन्त्री सुधन गुरुङले पनि उक्त विषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित