
काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री बालेन शाहले आह्वान गरेको बैठक केही बेरअघि सुरु भएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बालेन नेतृत्वको सरकार गठन भएपछि यो दोस्रो मन्त्रिपरिषद् बैठक हो।
यसअघि बसेको पहिलो बैठकले शासकीय सुधारसम्बन्धी एक सय निर्णय गर्नुका साथै जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
आजको बैठकले पनि केही महत्त्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित