ओलीको बन्दी प्रत्यक्षीकरण निवेदनमा कारण देखाऊ आदेश जारी

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई बन्दी प्रत्यक्षीकरण निवेदनमा तत्काल रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै तत्काल रिहाइको माग अस्वीकार गरेको हो। न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले उक्त आदेश दिएको हो।

ओलीलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी राधिका शाक्यले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।

अदालतले तत्काल रिहा नगर्ने निर्णय गरेसँगै अब उनलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान अघि बढाउन सक्ने भएको छ।

यसअघि सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा पनि कारण देखाऊ आदेश जारी गरेको थियो।

प्रतिक्रिया

ताजा समाचार