संविधान संशोधनका लागि असिम शाहको नेतृत्वमा कार्यदल गठन

काठमाडौं । सरकारले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको सहभागिता रहने गरी कार्यदल गठन गरिनेछ।

उक्त कार्यदलको अध्यक्षता प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले गर्ने बताइएको छ। सबै दलहरूको सहभागितामा राष्ट्रिय सहमतिका आधारमा बहसपत्र तयार गरिने पनि उनले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार