एमालेको संसदीय दलको बैठक सुरु

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ।

भोलिदेखि संसदको अधिवेशन सुरु हुने भएकाले च्यासलमा जारी यस बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चयन गर्ने बताइएको छ।

संसदीय दलको नेताका लागि उपाध्यक्ष रामबहादुर थापाको नाम चर्चामा रहेको छ। साथै, सुहाङ नेम्वाङलगायत अन्य नेताहरूले पनि उक्त पदमा दाबी गर्ने संकेत गरेका छन्। पार्टीभित्र र बाहिर पनि सुहाङलाई दलको नेताको रूपमा हेर्ने धारणा बढ्दै गएको बताइएको छ।

एमालेबाट प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी कुल २५ जना सांसद रहेका छन्।

बैठकमा महासचिव शंकर पोखरेलले सांसदहरूलाई पार्टीको नीति तथा संसदमा निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी गराउने कार्यक्रम रहेको छ।

संसदीय दलको बैठकमा उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङलगायत अन्य पदाधिकारीहरूको पनि सहभागिता रहेको छ।

प्रतिक्रिया

ताजा समाचार