
काठमाडौं । संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक जारी रहेको छ।
सिंहदरबारस्थित महासचिव पद्यप्रसाद पाण्डेयको कार्यकक्षमा केहीबेर अघिदेखि बैठक बसिरहेको हो।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका प्रतिनिधि, सरकारका प्रतिनिधि तथा संसद् सचिवालयका अधिकारीहरूको सहभागिता रहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डीपी अर्याल, महामन्त्री कबिन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्य र प्रकाशचन्द्र परियार सहभागी छन्।
त्यस्तै, नेकपाबाट वर्षमान पुन, राप्रपाबाट खुस्बु वली तथा श्रम संस्कृतिबाट आरेन राईलगायत नेता बैठकमा सहभागी छन्।
प्रतिनिधि सभाका जेष्ठ सदस्य अर्जुननसिंह केसीको अध्यक्षतामा बसेको उक्त बैठकमा कानूनमन्त्री सोविता गौतम पनि सहभागी रहेकी छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित