हामीले पाएको जनमत सिंहदरबार चलाउन होइन, बदल्न हो : रवि लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले प्राप्त गरेको जनमतप्रति जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले रास्वपाले पाएको मतादेशमा जनताको आशा र आक्रोश दुवै प्रतिबिम्बित भएको बताए।

उनले भने, “हामीले पाएको मत समर्थनको मात्रै होइन, परिवर्तनको मत हो। हामीलाई जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, बदल्न हो। म गर्वका साथ भन्न सक्छु, हामीले परिवर्तनको सुरुवात गरिसकेका छौँ।”

उनले अब रास्वपाका सांसदहरूले बोलेर होइन, काम गरेर देखाउनुपर्नेमा जोड दिए। साथै, रास्वपा नेतृत्वको सरकारले गरेका कामहरूले नै आफ्नो प्रतिबद्धता प्रमाणित गर्ने उनको भनाइ थियो।

उनले थपे, “हामी दिन गनेर होइन, सेकेन्ड गनेर काम गर्न चाहन्छौँ, र त्यसको सुरुवात भइसकेको छ। अब कर्मचारीतन्त्रदेखि सिङ्गो देशले सरकारको गतिसँग तालमेल मिलाउनुको विकल्प छैन।”

प्रतिक्रिया

ताजा समाचार