सदनमा एमालेको आरोप— देश जलाउने खलपात्रलाई नायक बनाइयो

काठमाडौँ । नेकपा (एमाले) ले प्रतिनिधिसभामा सम्बोधन गर्दै देशमा अराजक गतिविधिमा संलग्न व्यक्तिहरूलाई नायकका रूपमा प्रस्तुत गरिएको आरोप लगाएको छ।

एमालेका कार्यवाहक अध्यक्ष एवं सांसद रामबहादुर थापाले बिहीबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उक्त आरोप लगाएका हुन्।

उनले भने, “जादुमयी विजयका लागि बाह्य पक्ष, टीओबी, एआई र एल्गोरिदमलगायत विभिन्न माध्यमले काम गरेका छन्। देश जलाउने खलपात्रलाई नायक बनाइयो। उनीहरूले निर्णायक भूमिका खेले। रास्वपाको चमत्कारिक विजयले असाधारण प्रश्नहरू उठाएको छ।”

थापाले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत तथा नेताहरूका घरहरू सुनियोजित ढंगले किन र कसको उद्देश्यमा जलाइयो भन्ने विषयमा समेत प्रश्न उठाए।

प्रतिक्रिया

ताजा समाचार