सभामुख पदका लागि आज मनोनयन

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु हुँदैछ। सत्तारुढ घटक रास्वपाले उपसभापति डीपी अर्याललाई सभामुख पदका लागि अघि सार्ने निर्णय गरिसकेको छ।

आइतबार हुने निर्वाचनको सार्वजनिक कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि २ बजेसम्म प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी मनोनयन संसद् सचिवालय, सिंहदरबारमा दर्ता गरिनेछ।

दिउँसो साढे २ बजेदेखि उम्मेदवारको सूची प्रकाशन गरिनेछ। दर्ता भएका प्रस्तावका सूचनालाई आइतबार हुने प्रतिनिधिसभाको बैठकमा प्रस्तावकले प्रस्ताव पेश गर्ने र समर्थकले समर्थन गर्नेछन्। त्यसपछि सामूहिक छलफलपश्चात् निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका रहेको छ।

राष्ट्रियसभा उपाध्यक्ष पदका लागि भने चैत २३ गते निर्वाचन हुने तय भएको छ।

प्रतिक्रिया

ताजा समाचार