कांग्रेस संसदीय दलको बैठक आज, नेता चयन मुख्य एजेन्डा

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे दलको कार्यालय, सिंहदरबारमा बस्नेछ।

बैठकमा संसदीय दलको नेता चयन, पार्टीको १५औँ महाधिवेशनको तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य पाँच दलले आफ्नो संसदीय दलको नेता चयन गरिसकेका छन् भने कांग्रेसले भने हालसम्म नेता टुंगो लगाउन सकेको छैन।

प्रतिक्रिया

ताजा समाचार