
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृशोक परेको छ। उहाँकी ९१ वर्षीया आमा जानुकादेवी कार्कीको बुधबार साँझ झापाको गौरदहस्थित निवासमा निधन भएको हो।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलका अनुसार करिब एक महिना अघि खुट्टा भाँचिएपछि जानुकादेवी कार्कीको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा शल्यक्रिया गरिएको थियो।
स्वर्गीय कार्कीका दुई छोरा र पाँच छोरी रहेका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित