लेखा समितिको सभापति कांग्रेसलाई, मोहन आचार्यलाई अघि सार्ने तयारी

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षीलाई दिने निर्णय गरेको छ।

आज बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो।

यस निर्णयसँगै नेपाली कांग्रेस भित्र लेखा समितिको सभापतिका लागि सांसद मोहन आचार्य लाई उम्मेदवार बनाउने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए।

कांग्रेसलाई सभापति बनाउन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी ले पनि समर्थन गर्ने निर्णय गरिसकेका छन्।

प्रतिक्रिया

ताजा समाचार