रास्वपाले टुङ्ग्यायो १२ संसदीय समिति सभापतिका उम्मेदवारहरू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी को आज बसेको संसदीय दलको बैठकले संसद अन्तर्गतका ११ वटा समितिका सभापतिहरू चयन गरेको छ।

तर सार्वजनिक लेखा समितिको सभापति भने प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरिएको छ।

सामान्यतया सार्वजनिक लेखा समितिको सभापति विपक्षी दललाई दिने संसदीय परम्परा रहँदै आएको छ।

रास्वपाबाट संसदीय समितिका सभापतिहरुको नामावली

१. समीक्षा बास्कोटा – कानुन न्याय तथा मानव अधिकार समिति

२. अशोक चौधरी – कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति

३. आशिष गजुरेल – पूर्वाधार विकास

४. आकृति अवस्थी – महिला तथा सामाजिक मामिला

५. हरि ढकाल – राज्य व्यवस्था तथा सुशासन

६. डा ओजश्वी शेरचन – शिक्षा स्वास्थ्य र सूचना प्रविधि

७. वोधनारायण श्रेष्ठ – संसदीय सुनुवाई

८. गणेश कार्की – राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याँकन

९. सुम्निमा उदास – अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन

१०. कृष्णहरि बुढाथोकी – अर्थ

११. रहबर अन्सारी – उद्योग तथा बाणिज्य श्रम तथा उपभोक्ता हित

प्रमुख प्रतिपक्षी दल

१. सार्वजनिक लेखा समिति

प्रतिक्रिया

ताजा समाचार