रास्वपाको मुख्य सचेतकमा बुर्लाकोटी, सचेतकमा परियार र धिताल चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाका लागि मुख्य सचेतक र सचेतक चयन गरेको छ।

बिहीबार बसेको संसदीय दलको बैठकले मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटी लाई चयन गर्ने निर्णय गरेको हो। यस्तै, सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताल लाई चयन गरिएको पार्टीले जनाएको छ।

बुर्लाकोटी गोरखा–२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने परियार र धिताल समानुपातिक प्रणालीबाट निर्वाचित भएका थिए।

यसै बैठकले प्रतिनिधिसभा अन्तर्गतका १२ वटा संसदीय समितिका सभापतिहरू पनि टुंगो लगाएको छ।

प्रतिक्रिया

ताजा समाचार