

काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले विभिन्न शंकास्पद गतिविधिमा नाम जोडिएको भन्दै गृहमन्त्री सुदन गुरुङलाई पदबाट बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न माग गरेको छ। साथै, मन्त्री गुरुङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन हुनुपर्ने पनि मुभमेन्टले जोड दिएको छ।
प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पदमै रहेर अनुसन्धान गर्न गाह्रो हुन्छ र यसले न्यायिक प्रक्रियामा असर पार्न सक्छ।”
मुभमेन्टले सरकारलाई मन्त्री नियुक्ति जस्तो विषयलाई गम्भीर रूपमा लिन आग्रह गर्दै परिपक्व, नेतृत्वदायी र दूरदर्शी निर्णय आवश्यक रहेको बताएको छ।
साथै, ७६ जनाको बलिदानबाट आएको परिवर्तनप्रति जिम्मेवार हुँदै दोषी ठहरिएका वा आरोपित व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने उल्लेख गरिएको छ। मुभमेन्टले पद, शक्ति वा राजनीतिक संरक्षणका आधारमा कसैलाई उन्मुक्ति दिन नहुने स्पष्ट पारेको छ।

2026 swatantrapath.com सर्वाधिकार सुरक्षित