कान्छारामसँग नेपाली कांग्रेसको स्पष्टीकरण माग: गगन थापाबारे विवादास्पद अभिव्यक्ति पछि कारबाही

काठमाडौं । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति एवं पूर्वराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई तीन दिने स्पष्टीकरण सोधेको छ।

तामाङले सभापति गगन थापासँग ३ अर्ब रुपैयाँ रहेको दाबी गरेको भिडियो सार्वजनिक भएपछि पार्टीले यो कदम चालेको हो।

जिल्ला सभापति जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले पदीय मर्यादाको ख्याल नगरी पार्टी र पार्टी नेतृत्वविरुद्ध बदनियत राखी भ्रमपूर्ण तथा तथ्यहीन अभिव्यक्ति दिएको निष्कर्ष नेपाली कांग्रेसले निकालेको छ।

अनुशासन आयोगका सचिव दिनेश थापामगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त कार्य नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा १ (क), (ख), (ग), (ङ) र (च) बमोजिम अनुशासन उल्लङ्घन भएको देखिएकाले सोही विधानको धारा ३४ को उपधारा ८ (घ) अनुसार तीन दिनभित्र केन्द्रीय अनुशासन समितिमा स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ।’

पूर्वसभापति शेरबहादुर देउवा निकट नेता कान्छाराम सांसद तथा पूर्वराज्यमन्त्रीसमेत हुन्।

प्रतिक्रिया

ताजा समाचार