मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी रहेको छ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो। बैठक नियमित कार्यसूचीअनुसार सञ्चालन भइरहेको जनाइएको छ।

सरकारका प्रवक्ता व्यस्त रहेकाले आजको बैठकका निर्णयहरू संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सार्वजनिक गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकपछि हुने निर्णय सार्वजनिक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको हलमा उपस्थित हुन सचिवालयले आग्रह गरेको छ।

प्रतिक्रिया

ताजा समाचार