
काठमाडौं । ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज दिउँसो ३ बजे बस्दैछ।
प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन गरिएको उक्त कार्यदलको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठकमा विभिन्न राजनीतिक दलहरूबाट प्राप्त लिखित धारणा र सुझावका आधारमा पहिचान गरिएका संविधान संशोधनसम्बन्धी मुख्य मुद्दाहरूमा छलफल गरिनेछ।
यसका साथै कार्यदलको आगामी कार्ययोजना, कार्यविधि तथा बहसपत्र तयार गर्ने प्रक्रियालाई व्यवस्थित बनाउने विषयमा पनि विस्तृत छलफल हुने बताइएको छ।
संविधान संशोधनसम्बन्धी बहसलाई संस्थागत र समावेशी बनाउन विभिन्न राजनीतिक दलहरूको धारणा समेट्ने उद्देश्यका साथ कार्यदल गठन गरिएको हो।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित