
काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद आरेन राई काठमाडौंको थापाथलीस्थित सुकुमबासी बस्ती पुगेका छन्।
सरकारले थापाथली क्षेत्रमा बसोबास गरिरहेका सुकुमबासी बस्ती हटाउने तयारी गरिरहेकै समयमा सांसद राई शुक्रबार त्यहाँ पुगेका हुन्। सो क्रममा सुकुमबासीहरूले विकल्पविना आफूहरूलाई हटाउन खोजिएको भन्दै प्रदर्शन गरिरहेका थिए।
थापाथली बस्तीको अवलोकनपछि सांसद राईले सुकुमबासीको पक्षमा आफूहरू रहने बताएका छन्। उनले भने, “सुकुमबासीको पक्षमा हामी हुनेछौं। हाम्रो पार्टी हुनेछ। अरू पार्टीको जिम्मा लिन सकिन्नँ। म सधैं सुकुमबासीको हकका लागि बोलिरहन्छु।”
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित