संसद् छलेर अध्यादेश ल्याउनु मर्यादित कदम होइन : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले संसद्को अधिवेशन स्थगित गरी अध्यादेश ल्याउने सरकारको तयारीलाई अमर्यादित कदमको रूपमा टिप्पणी गरेको छ।

सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका प्रवक्ता देवराज चालिसेले कानुन निर्माण प्रक्रिया पारदर्शी र जनताको प्रतिनिधित्व हुने संसद्मार्फत हुनुपर्ने बताएका छन्।

उनले भने, “सरकारले प्रस्ताव गरेपछि संसद्को अधिवेशन बोलाइएको थियो, तर बिना स्पष्ट जानकारी पुनः स्थगित गरिएको पाइएको छ। एकातिर संसद् बोलाउने र अर्कोतिर स्थगित गरेर अध्यादेश ल्याउने प्रयास गर्नु मर्यादित कदम होइन।”

चालिसेका अनुसार यस्तो ढंगले अध्यादेश ल्याउने तयारीले सरकारलाई दीर्घकालीन रूपमा सहयोग नगर्ने र लोकतान्त्रिक प्रक्रियामा प्रश्न उठाउने छ।

प्रतिक्रिया

ताजा समाचार