
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षको बैठक सुरु भएको छ।
धुम्बाराहीस्थित होटल स्मार्टमा जारी बैठकमा खड्का समूहका शीर्ष नेतासहित १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू तथा उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरूको उपस्थिति रहेको जनाइएको छ।
यसअघि ६ वैशाखमा सोही स्थानमा बसेको बैठकले ‘पर्ख र हेर’ रणनीति अपनाउने निष्कर्ष निकालेको थियो। पछिल्लो समय पार्टीभित्र विकसित राजनीतिक घटनाक्रमका बीच खड्का समूहले पुनः छलफललाई निरन्तरता दिएको हो।
विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा पार्टी पुनर्गठन भएपछि खड्का असन्तुष्ट रहँदै आएका छन्। उक्त महाधिवेशन खारेज गर्न माग गर्दै उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। तर अदालतले रिट खारेज गर्दै थापा नेतृत्वको कांग्रेसलाई वैधता दिएपछि पनि खड्का समूहले आन्तरिक परामर्श र रणनीतिक बैठकलाई निरन्तरता दिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित