संसद रोकेर सरकारले ल्यायो दुई अध्यादेश, अध्ययन गर्दै राष्ट्रपति

काठमाडौँ । सरकारले संसद्को अधिवेशन स्थगन गरेर दुई वटा अध्यादेश ल्याएको छ।

राष्ट्रपतिसमक्ष सिफारिस गरिएका दुवै अध्यादेश राष्ट्रपति कार्यालयमा पुगेका छन् र तिनको अध्ययन भइरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्सम्बन्धी र सहकारीसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

यसअघि वैशाख ८ गते मन्त्रिपरिषद्ले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार वैशाख ९ गते राष्ट्रपतिले वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान गरेका थिए।

तर, संसद् आह्वान गरिएको भोलिपल्टै वैशाख १० गते सरकारले पुनः अधिवेशन स्थगनका लागि सिफारिस गर्‍यो र विशेष कारण देखाउँदै अधिवेशन स्थगित गरियो।

प्रतिक्रिया

ताजा समाचार