कांग्रेस संसदीय दलमा नयाँ जिम्मेवारी बाँडफाँट, राष्ट्रिय सभा र प्रतिनिधि सभामा पदाधिकारी मनोनयन

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले विभिन्न पदमा नयाँ जिम्मेवारी बाँडफाँट गरेको छ।

दलका नेता भीष्मराज आङदेम्बेले संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) अनुसार राष्ट्रिय सभा संसदीय दलको नेतामा कमला देवी पन्त लाई मनोनयन गरेका छन्।

त्यस्तै, प्रतिनिधि सभातर्फ उपनेतामा अभिषेक प्रताप शाह लाई जिम्मेवारी दिइएको छ। मुख्य सचेतकमा बासना थापा र सचेतकमा निश्कल राई लाई मनोनयन गरिएको प्रेस नोटमा उल्लेख छ।

दलले उक्त मनोनयनहरू संसदीय दलको विधानको धारा ७ (१), धारा १२ (२) तथा धारा १३ अन्तर्गत गरिएको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार