कान्छाराम तामाङ कांग्रेस जिल्ला सभापतिबाट निलम्बित

काठमाडौं । नेपाली कांग्रेस ले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ कान्छाराम लाई निलम्बन गरेको छ।

कांग्रेसको अनुशासन समिति बैठकले अनुशासन उल्लङ्घनको आरोपमा स्पष्टीकरण सोधेकोमा उनले पार्टी नेतृत्वविरुद्ध भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको ठहर गर्दै निलम्बन गर्ने निर्णय गरेको हो।

उक्त विषयमा स्पष्टीकरण माग गरिए पनि उनले दिएको जवाफ चित्तबुझ्दो र सन्तोषजनक नभएको निष्कर्षसहित अन्तिम निर्णय नहुँदासम्मका लागि उनलाई निलम्बन गरिएको कांग्रेसले जनाएको छ।

यसैबीच, पूर्वकावा सभापति पूर्णबहादुर खड्का को हकमा भने सर्वोच्च अदालत बाट फैसला भइसकेकाले स्पष्टीकरण माग्नुको औचित्य नरहेको कांग्रेसको ठहर छ।

प्रतिक्रिया

ताजा समाचार