
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पूर्वाग्रहका आधारमा अनुशासनको नाममा स्पष्टीकरण सोध्ने कार्य तत्काल रोक्न माग गरेको छ।
नेता पूर्णबहादुर खड्काको नेतृत्वमा बसेको देउवा समूहको भेलाले नेताहरूमाथि कारबाहीको डन्डा चलाएर निरंकुश प्रवृत्ति देखाइएको आरोप लगाउँदै यस्तो कार्य रोक्नुपर्ने निष्कर्ष निकालेको हो।
बैठकले हालैको चुनावी परिणामको समीक्षा गर्दै विशेष महाधिवेशनका कारण पार्टी पराजित भएको निष्कर्ष पनि निकालेको छ। साथै, पार्टीको आधिकारिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला स्वीकार गरिए पनि सभापति गगन थापाले अघि बढाएको महाधिवेशन नमान्ने निर्णय गरिएको छ।



2026 swatantrapath.com सर्वाधिकार सुरक्षित