
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशनमा भोलि बस्ने गरी बैठक आह्वान गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए।
उनका अनुसार बैठक दिउँसो १२:३० बजे पार्टी केन्द्रीय कार्यालय, घण्टीघरमा बस्नेछ। बैठकमा सचिवालय सदस्यहरूको अनिवार्य उपस्थिति रहने निर्देशन दिइएको छ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ। सरकारले अघि बढाएको अध्यादेश तथा सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयमा चर्को आलोचना भइरहेका बेला सभापति लामिछानेले बैठक डाकेका हुन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित