शीतलनिवासमा आङ्देम्बे–पौडेल भेट, अध्यादेशबारे विपक्षी धारणा प्रस्तुत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

आङ्देम्बेले आज बिहान शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्। राष्ट्रपति कार्यालयका अनुसार भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।

भेटका क्रममा आङ्देम्बेले अध्यादेशबारे विपक्षी दलहरूको धारणा राष्ट्रपतिलाई अवगत गराएका थिए।

सरकारले संसद् बैठक आह्वान गरिसकेपछि पनि अध्यादेशको बाटो रोजेको भन्दै विपक्षी दलहरूले विरोध जनाइरहेका छन्। यसअघि विपक्षी दलहरूको बैठकबाट अध्यादेश जारी नगर्न माग गर्दै आएका आङ्देम्बेले सोही विषय राष्ट्रपतिसमक्ष राखेका हुन्।

प्रतिक्रिया

ताजा समाचार