रास्वपाकाे सचिवालय बैठक सुरु, यस्ता छन् मुख्य एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज वनस्थलीस्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ।

बैठकका मुख्य एजेन्डामा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा–२०८३, पार्टीको महाधिवेशन कार्यविधि–२०८३ तथा संसदीय दलको विधान संशोधनलगायतका विषयहरू रहेका छन्। यी विषयहरूलाई व्यवस्थित रूपमा अघि बढाउने उद्देश्यसहित सचिवालय तहमा प्रारम्भिक छलफल भइरहेको जनाइएको छ।

पार्टीका अनुसार आगामी निर्वाचन र संगठन सुदृढीकरणलाई केन्द्रमा राख्दै नीति तथा संरचनागत सुधारका विषयमा समेत गहन छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार