
काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ।
आजको बैठकमा मन्त्रालयहरूको संख्या घटाउने प्रस्तावसहित नयाँ संरचनाको खाका पेश गरिँदैछ। प्रस्तावअनुसार सरकारले चारवटा मन्त्रालय खारेज गर्ने तयारी गरेको छ।
खारेज गरिने मन्त्रालयहरूमा युवा तथा खेलकुद, शहरी विकास, खानेपानी तथा सरसफाइ तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय रहेका छन्।
यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अझ सशक्त बनाउने उद्देश्यसहित नयाँ प्रारूप तयार पारिएको बताइएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित