सरकारद्वारा विश्व बैंकको ५२ मिलियन अमेरिकी डलर ऋण स्वीकार

काठमाडौं । सरकारले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा ५ मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरमार्फत प्रतिस्थापन गर्न उद्योगहरूलाई कर्जा उपलब्ध गराउने तथा वायु गुणस्तर मापन क्षमता अभिवृद्धि गर्ने उद्देश्यका लागि उक्त ऋण र अनुदान स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

त्यस्तै, बैठकले भारतसँग सरकार-सरकार (जीटूजी) माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ।

यसैगरी, संसद् भवन परिसरमा प्रवेशलगायतका विषय समेटिएको सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने तथा संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश, २०८३ राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता पोखरेलले बताए।

प्रतिक्रिया

ताजा समाचार