सभामुखद्वारा प्रमुख सचेतकहरूसँग छलफल सुरू

काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल थालेका छन्।

सिंहदरबारमा अहिले बैठक जारी रहेको छ।

आगामी संसदीय अधिवेशन तथा समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्न सभामुख अर्यालले बैठक आह्वान गरेका हुन्।

बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक र सचेतकहरूको सहभागिता रहेको छ।

प्रतिक्रिया

ताजा समाचार