मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर तथा विभिन्न कार्यालयहरूमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ।

विभागका अनुसार सोमबार काठमाडौं र हेटौंडास्थित उनका आवास तथा कार्यालयहरूमा एकैसाथ छापा मारिएको हो। बानियाँमाथि अवैध रूपमा सम्पत्ति आर्जन गरेको तथा सम्पत्तिको विवरण लुकाएको आशंकामा अनुसन्धान सुरु गरिएको बताइएको छ।

यस क्रममा काठमाडौंको नक्साल र सुन्धारास्थित कार्यालयहरूका साथै हेटौंडामा रहेको घर र कार्यालयमा टोली परिचालन गरी आवश्यक कागजात तथा प्रमाण संकलन गरिएको विभागले जनाएको छ।

स्रोतका अनुसार ‘क’ वर्गका ठेकेदारसमेत रहेका बानियाँका आर्थिक गतिविधिमाथि विशेष निगरानी राखिएको छ। छापामार कारबाहीमार्फत विभागले आर्थिक कारोबारसम्बन्धी कागजात, विवरण तथा अन्य प्रमाणहरू जफत गरी थप अनुसन्धान अघि बढाएको छ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँ २०८२ साउन २० गते बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनी हाल प्रदेश सभामा संसदीय दलका नेतासमेत रहेका छन्।

प्रतिक्रिया

ताजा समाचार