
काठमाडौं । जनमत पार्टीले मधेश प्रदेशको संसदीय दलको नेता परिवर्तन गरेको छ। पार्टीभित्र देखिएको आन्तरिक विवाद र बहुमतको निर्णयपछि यो परिवर्तन गरिएको हो।
सरकारबाट बाहिरिने निर्णयसँगै संसदीय दलको नेतृत्व पनि फेरबदल गरिएको पार्टी स्रोतले जनाएको छ। विवादका बीच सरकारलाई दिएको समर्थन कायम राख्ने र फिर्ता गर्ने विषयमा फरक मत देखिएको थियो।
अध्यक्ष सीके राउतले महेशप्रसाद यादवलाई दल नेताबाट हटाएर चन्दनकुमार सिंहलाई नयाँ संसदीय दल नेता तोकेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएको जनाइएको छ।
पार्टीभित्रको पछिल्लो विवादसँगै मधेश प्रदेशको राजनीतिक परिस्थिति थप जटिल बनेको छ।

2026 swatantrapath.com सर्वाधिकार सुरक्षित