प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बैठक भोलि (बिहीबार) साँझ ५ बजे बस्नेछ।

प्रधान न्यायाधीशको सिफारिससहित संवैधानिक निकायसँग सम्बन्धित विविध विषयमा छलफल गर्ने उद्देश्यले बैठक आह्वान गरिएको हो।

यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेल ले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका थिए। उक्त अध्यादेशअनुसार अब परिषद्को बैठक बस्न कम्तीमा चार जना सदस्य उपस्थित भए गणपूरक सङ्ख्या पुग्ने व्यवस्था गरिएको छ।

नयाँ प्रावधानअनुसार ६ सदस्यीय परिषद्मा चार जना उपस्थित भए बैठक बस्न सक्नेछ भने निर्णय प्रक्रियामा तीन जनाको बहुमत पर्याप्त हुने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार