
काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक सुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा बैठक सुरु भएको हो ।
परिषद् सचिवालयका अनुसार बैठकको मुख्य कार्यसूची प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नु रहेको छ । सर्वोच्च अदालतमा लामो समयदेखि कायम नेतृत्व रिक्तता अन्त्य गर्न परिषद्ले आज नाम सिफारिस गर्ने तयारी गरेको जनाइएको छ ।
बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधिसभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे तथा उपसभामुख रुवी कुमारी सहभागी हुनुहुन्छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित