
काठमाडौं । संघीय संसद् सचिवालयले ट्रेड युनियन अब अस्तित्वमा नरहेको जनाएको छ।
सचिवालयको कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत विमल परियारद्वारा जारी सूचनामा उक्त जानकारी दिइएको हो।
सूचनाअनुसार, ‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ को अध्यादेश नं. ७ मार्फत संघीय संसद् सचिवालय सम्बन्धी ऐन, २०६४ को दफा ७३ संशोधन भएपछि कर्मचारी युनियन सम्बन्धी व्यवस्था हटाइएको उल्लेख छ।
यससँगै, संघीय संसद् सचिवालय सम्बन्धी ऐन, २०६४ बमोजिम अस्तित्वमा रहेका कर्मचारी ट्रेड युनियन अब कानुनी रूपमा कायम नरहेको सचिवालयले स्पष्ट पारेको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित