
काठमाडौं । पूर्वमन्त्री सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष हर्क साम्पाङ ले उनलाई पार्टीमा स्वागत गरेका हुन्।
सहमति अनुसार किराँती पार्टीको वरिष्ठ नेतासहित दोस्रो वरीयतामा उपाध्यक्षको जिम्मेवारीमा रहनेछन्।
किराँती पक्षले एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य पाउने सहमति भएको जनाइएको छ। सुदन किराँतीसँगै आउने अधिकांश नेता तथा कार्यकर्ता प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोप)सँग आबद्ध रहेका छन्।
जेनजी आन्दोलनपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माधव कुमार नेपाल लगायतसँग पार्टी एकता गरेपछि असन्तुष्टि जनाउँदै किराँती जनार्दन शर्मा सहित प्रलोपामा सक्रिय भएका थिए।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित