रास्वपाद्वारा सांसदलाई दुई दिने प्रशिक्षण : उद्घाटन स्वर्णिमले गर्ने, रविकाे समापन मन्तव्य

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ले आफ्ना सांसदहरूका लागि दुई दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आयोजना गर्ने भएको छ।

पार्टीका प्रवक्ता मनिष झा का अनुसार प्रशिक्षण कार्यक्रम वैशाख २६ र २७ गते जाउलाखेलस्थित स्टाफ कलेजमा सञ्चालन हुनेछ।

कार्यक्रमको उद्घाटन पार्टीका उपसभापति स्वर्णिम वाग्लेले गर्नेछन् भने समापन मन्तव्य सभापति रवि लामिछानेले दिनेछन्।

यस्तै, पार्टीका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई भने प्रशिक्षण कार्यक्रममा कुनै जिम्मेवारी तोकिएको छैन। यसअघि आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा पनि उनी सहभागी भएका थिएनन्।

प्रतिक्रिया

ताजा समाचार