
काठमाडौं । सर्वोच्च अदालत ले सरकारका नाममा सुकुम्वासी बस्ती नहटाउन अन्तरिम आदेश जारी गरेको छ।
गोपाल रन पहेलीलगायतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्दा पाण्डेको इजलासले यस्तो आदेश दिएको हो।
अदालतले विस्थापित हुने नागरिकहरूको हकमा आवास, शिक्षा, स्वास्थ्य तथा खाद्यान्नको व्यवस्था सुनिश्चित गर्न पनि सरकारलाई निर्देशन दिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित