
अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बिच शनिवार देखि सुरु हुन लागेको तीन दिने युद्धविराम सम्झौता विस्तार हुने अपेक्षा व्यक्त गर्नु भएको छ ।
वासिङ्टनमा पत्रकारहरूसँगको साक्षतकारमा बोल्दै राष्ट्रपति ट्रम्पले युद्धविरामको विस्तार हेर्न चाहेको र यसको बलियो सम्भावना रहेको बताउनु भएको छ ।
यस अघि ट्रम्पले रूस र युक्रेनले पनि अस्थायी युद्धविराम सम्झौताको एक चरणका रूपमा एक हजार युद्धबन्दी आदान–प्रदान गर्ने घोषणा गर्नु भएको थियो । उहाँले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई व्यक्तिगत रूपमा यो प्रस्ताव गरेको र दुवै नेता यसमा सहमत भएको बताउनु भएको छ ।
राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य गर्ने उद्देश्यले हाल वार्ता जारी रहेको बताउनु भएको छ ।
संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रूस र युक्रेनले तीन दिनको युद्धविराममा सहमत भएका छन्, जुन मे ९– ११ सम्म लागु हुने बताइएको छ ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित