
विराटनगर । विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनअन्तर्गत मतदान भइरहेको समयमा दुई पक्षबीच हातहालाहाल भएको छ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई केहीबेर नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा मुस्लिम कोटाबाट क्षेत्रीय प्रतिनिधिका उम्मेदवार विराटनगर–६ का इरसाद अहमद रहेका छन्।
भलभद्र सेवा समिति केसलियाको सभाहलमा मतदान भइरहेका बेला विवाद भएको थियो। विवादले हातहालाहालको अवस्था सिर्जना भएपछि केही समय मतदान प्रक्रिया रोकिएको थियो। पछि मतदान पुनः सुचारु गरिएको छ।
वडा अधिवेशनमा सहमति जुट्न नसकेपछि मतदानमार्फत नेतृत्व चयन गर्न लागिएको हो। वडाको नेतृत्वका लागि राम ढकाल र प्रकाश मण्डल ‘भोला’ले प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरिरहेका छन्।
यसैबीच, नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत कोशी प्रदेशका तराई जिल्लाका अधिकांश पालिकामा अधिवेशन सम्पन्न भएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित