कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गते उद्घाटन

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशन दुई दिन पर सारेको छ। अब महाधिवेशन असोज १८ गतेदेखि हुने भएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्। यसअघि कांग्रेसले असोज १६ गतेदेखि महाधिवेशन गर्ने निर्णय गरेको थियो।

दुलालका अनुसार महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुनेछ।

१५औँ महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन्। अहिले प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भइरहेको दुलालले बताएका छन्।

देशका विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी निर्वाचन समिति तथा पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएको उनले बताए।

कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस परिस्थितिलाई मध्यनजर गरी १५औँ महाधिवेशन उद्घाटन समारोह २०८३ असोज १८ गते दिउँसो २ बजे खुलामञ्चमा हुने व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ।’

प्रतिक्रिया

ताजा समाचार