रास्वपाको निर्णय: उपसभामुखमा रूबी कुमारी ठाकुरलाई मतदान

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रूबी कुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ।

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बसेको बैठकले उपसभामुखमा ठाकुरलाई मतदान गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन शाह, पार्टी सभापति रवि लामिछानेलगायतका नेताहरू सहभागी थिए।

उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रूबी कुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामा उम्मेदवार छन्। श्रम संस्कृति पार्टीकी २५ वर्षीया ठाकुरले बिहीबार रास्वपाको समर्थनमा उम्मेदवारी दर्ता गराएकी थिइन्।

प्रतिनिधि सभामा रास्वपाको बलियो उपस्थिति रहेकाले पार्टीको समर्थन पाएपछि ठाकुर उपसभामुखमा निर्वाचित हुने सम्भावना उच्च देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार