रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी का अनुसार बैठक भोलि दिउँसो १२:१५ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ।

बैठकमा संसदीय समितिहरूका सभापति चयन र समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।

भोलि नै संसदीय समितिका सभापतिका लागि मनोनयन दर्ता गर्ने कार्यसूची रहेको पनि पार्टीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार