नियम उल्लंघनमा सभामुखको गाडी कारबाहीमा, ट्राफिकले काट्यो चिट

काठमाडौँ । सभामुख डीपी अर्याल सवार भनिएको गाडीलाई ट्राफिक प्रहरीले नियम उल्लंघन गरेको आरोपमा चिट काटेको छ।

थापाथली क्षेत्रमा ट्राफिक नियम उल्लंघन गर्दै अघि बढेको उक्त गाडीलाई पछि सिंहदरबार पुगेर ट्राफिक प्रहरीले कारबाही गरेको हो। सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी तीन वटा सवारी साधनलाई चिट काटिएको जनाइएको छ।

ट्राफिक प्रहरीका अनुसार लेन क्रस गर्ने क्रममा नियम उल्लंघन भएको पाइएपछि कारबाही गरिएको हो।

ट्राफिक प्रहरी स्रोतले भन्यो , “नियम उल्लंघन गर्ने सबै समान हुन्। कसको गाडी भन्ने होइन, नियम उल्लंघन गर्ने सवारीलाई नै कारबाही गरिएको हो।”

उक्त सवारीमा सभामुख डीपी अर्याल स्वयं सवार थिए वा थिएनन् भन्ने विषयमा भने प्रहरीले केही खुलाएको छैन।

प्रतिक्रिया

ताजा समाचार